काठमाण्डौंः सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरूको अनुभवबाट लिइने सकारात्मक शिक्षाबाट समाज र आउँदो पुस्ता बलियो हुने बताएका छन् ।
बुधबार काठमाडौंमा २३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा आयोजित ‘शताब्दी व्यक्तित्व सम्मान’ तथा ‘शताब्दी व्यक्तित्व’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ज्येष्ठ नागरिकको अनुभवबाट लिने सकारात्मक शिक्षाबाट समाज र आउँदो पुस्ता बलियो हुने भन्दै सभामुख घिमिरेले ज्येष्ठ नागरिकलाई चाहिने सहयोग सबै क्षेत्रबाट गर्नुपर्छ भन्ने प्रेरणा दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘हाम्रा अग्रजहरूले खासगरी ज्येष्ठ नागरिकलाई चाहिने सहयोग सबै क्षेत्रबाट गर्नुपर्छ, प्रेरणा दिन आवश्यक छ । उहाँहरूको अनुभवबाट लिइने सकारात्मक शिक्षाबाट हाम्रो समाज, हाम्रो परिवार अथवा आउँदो पुस्ता बलियो हुन्छ ।’
उनले परिवर्तित राजनीतिको सन्दर्भसँगै समाजमा वृद्धहरूको महत्व पनि बढेको भन्दै सरल जीवन जिउनका लागि सहयोग गर्नुपर्ने राज्यको कर्तव्य भएको बताए ।
उनले भने, ‘परिवर्तित राजनीतिको सन्दर्भसँगै समाजमा वृद्धहरूको महत्व र खासगरी ज्येष्ठहरूले प्राप्त गरेका अनुभव र ज्येष्ठताको महत्व र उनीहरूलाई सरल जीवन जिउनको लागि सहयोग गर्नुपर्ने राज्यको र समाजको कर्तव्य बोध गरी त्यस दिशामा अघि बढिरहेका छौँ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया