असोज ६, २०८३ मंगलबार September 22, 2026

परीक्षाको अन्योलता अब धेरै दिन रहन्न : शिक्षामन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको अन्योलता अब धेरै दिन नरहने बताएका छन् ।

मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’

कोभिड– १९ का कारण कक्षा १० ११ र १२ तथा उच्च शिक्षाका विभिन्न तहको परीक्षा हुन सकेको छैन । पहिलो समेष्टर सकेकालाई परीक्षा नलिएर पनि अर्को सेमेष्टर पढ्न दिने लगायतका तयारी भएको पनि उनले बताएका छन । ‘शैक्षिक क्षेत्र क्षति हुन नदिन अन्तिम गृहकार्य छ’ उनले भने ।

सरकारले परम्परागत शिक्षाको मोडललाई परिवर्तन गर्ने गरी सोचिरहेको र त्यो अवसर कोभिड –१९ ले दिएको पनि उनले बताएका छन।

शिक्षाको तीन विषयमा रुपान्तरणको अवसर प्राप्त भएको उनको भनाइ छ ।

मन्त्री पोखरेलले पहिलो अवसरको रुपमा विद्यार्थीको स्वअध्ययन र बुझाइबाट शिक्षा लिने बानीलाई लिएका छन् । सिकाइमा केन्द्रित हुँदा शिक्षक, पुस्तक इन्टरनेट, मिडिया आदिको प्रयोगका विषयमा नयाँ ढङ्गले सोच्ने र व्यवहारमा उतार्ने, घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको उनले बताएका छन ।

दोस्रो अवसरका रुपमा शिक्षाका लागि प्रत्यक्ष आमुन्ने सामुन्ने हुनुको विकल्प उल्लेख गरेका छन् । यसले खुला र दूर शिक्षामा जान प्रेरित गरेको मन्त्री पोखरेलले बताएका छन ।

तेस्रो अवसरको रुपमा सूचना र प्रविधिको प्रयोग तथा ज्ञान हस्तान्तरण गर्ने विद्यमान शिक्षा पद्धतिको रुपान्तरण गरी ज्ञान निर्माणमा केन्द्रित हुनुलाई मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

रेडियो टेलिभिजन, होम स्कुललिङको तयारी भएको र कार्यान्वयन गर्न तीनै तहको सरकारलाई अनुरोध गरिएको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार