श्रावण ११, २०८३ सोमबार July 27, 2026

बाँकेको छोटी भन्सार पुनःसंचालन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ ।

रोल्पाबाट काठमाडौँ फर्किने क्रममा शुक्रवार साँझ नेपालगन्ज पुग्नुभएका प्रधानमन्त्रीलाई उद्योग वाणिज्य सङ्घको एक प्रतिनिधिमण्डलले भेटेर ज्ञापनपत्र बुझाउँदै छोटी भन्सार पुनर्स्थापना लगायत तस्करी रोक्न निर्देशन दिन माग गरेको हो ।

संघका अध्यक्ष टङ्क धामीको नेतृत्वमा रहेको पदाधिकारीको टोलीले प्रधानमन्त्रीलाई भेटेर दुई पृष्ठको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सीमापारिबाट हुँदै आएको अवैध आयात र तस्करीले गर्दा नेपालगन्जको व्यापार व्यवसाय धराशायी भएको जनाउँदै त्यसलाई रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरिएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार ज्ञापनपत्रमा सशस्त्र युद्धका बेला बन्द गरिएका बाँकेका सात वटा छोटी भन्सार तत्काल पुनर्स्थापना गर्नुपर्ने, जमुनाहा नाकामा रहेको स्क्यानर मेसिन बिग्रिएकोले तत्काल सोको मर्मत गराउनुपर्ने, नाकाबाट आवागमन गर्नेको परिचयपत्र हेरेर मात्र आवागमन गर्न दिनुपर्ने, सीमा नाका नजिकै धेरै नाकाहरू रहेकाले सबै ठाउँमा सुरक्षा निकाय खटाउनुपर्ने लगायतका माग गरिएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका मागलाई गम्भीरतापूर्वक लिएको जनाउँदै सम्बन्धित मन्त्रीसँग छलफल गरेर नाकामा देखिएका कमीकमजोरी र छोटी भन्सार पुनर्स्थापनाबारे निर्णय लिने बताउनुभएको वरिष्ठ उपाध्यक्ष ओलीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार