मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

दीपक भट्टको थुनासम्बन्धी रिटमा सर्वोच्चले झिकायो पुरानो आदेश र मुद्दाको सक्कल मिसिल

धितोपत्र कसुर मुद्दाको सक्कल मिसिल झिकाएर दीपक भट्टको थुनाबारे निर्णय हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सम्पत्ति शुद्धीकरण, धितोपत्र र बैंकिङ कसुरका आरोपी दीपक भट्टले तल्लो अदालतको थुना आदेशविरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले यसअघिका आदेश र मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि सर्वोच्चकै संयुक्त इजलासबाट गत वैशाख २३ गते भट्टको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्न भएको आदेश तथा काठमाडौं जिल्ला अदालतमा दर्ता धितोपत्र कारोबार कसुरसम्बन्धी मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

उक्त रिटमा भएको आदेश र मुद्दाको सक्कल फाइल प्राप्त भएपछि भट्टको थुनासम्बन्धी विषयमा टुंगो लाग्नेछ । यसअघि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भट्टको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको थियो ।

भट्टमाथि सम्पत्ति शुद्धीकरण, बिमा ऐनसम्बन्धी कसुर, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर र विदेशी विनिमय ऐनसम्बन्धी कसुरअन्तर्गत विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् । उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालत, उच्च अदालत र जिल्ला अदालत काठमाडौंमा छुट्टाछुट्टै मुद्दा दायर गरेका छन् ।

हाल सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका भट्टले सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐनअन्तर्गतको कसुरमा थुनामा पठाउने जिल्ला अदालतको आदेश ‘बेरित’को भएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चले सोमबार दिएको आदेशमा काठमाडौं जिल्ला अदालतमा चलेको धितोपत्रसम्बन्धी कसुरको सक्कल मिसिल र सर्वोच्चको पूर्वफैसला हेरेर निष्कर्षमा पुग्न उपयुक्त देखिएको उल्लेख छ ।

धितोपत्र कारोबार कसुरसम्बन्धी मुद्दाको सक्कल मिसिल सर्वोच्चको इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी पेस गर्न काठमाडौं जिल्ला अदालतलाई आदेश दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार
दीपक भट्टको थुनासम्बन्धी रिटमा सर्वोच्चले झिकायो पुरानो आदेश र मुद्दाको सक्कल मिसिल
२०८३ मंग्सिर ७, सोमबार
मध्यपश्चिम विश्वविद्यालयले माग्यो ७ डिन र २ निर्देशक
२०८३ मंग्सिर ७, सोमबार
उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा
२०८३ मंग्सिर ७, सोमबार
गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि
२०८३ मंग्सिर ७, सोमबार
सुनचाँदीको मूल्य उकालो लाग्न शुरु
२०८३ मंग्सिर ७, सोमबार