असार २१, २०८२ शनिबार July 5, 2025

बागेश्वरीमा सामूहिक गाई पूजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भरतपुरको बागेश्वरीमा तीन दिने सामूहिक गौ: पूजा थालिएको छ । योगी नरहरिनाथ गौ: संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ: पूजा सुरु गरिएको हो ।

लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगत वर्षमा जस्तै यस वर्ष पनि बागेश्वरीमा गौ: पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाट धामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौ: आरती गरेर गौ: पूजाको सुरुआत गर्नुभयो । सो अवसरमा उहाँले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैँ पूजा गर्नुपर्नेमा जोड दिनुभयो ।

पशुपतिमा गरियो सामूहिक गाई पूजा | Safal Khabar

सामूहिक गौ: पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ । बागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ: पूजा गर्न थालिएको हो । गाईको वैदिक रूपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । यहाँ सामूहिक गौ: पूजासँगै गोवर्द्धन पर्वत बनाएर पूजा गरिन्छ । पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको बागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताउनुभयो ।

यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन् । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आउनुभएको थियो । उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ । गौ: पूजाको अवसरमा योगी नरहरिनाथ गौ: संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूव अध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौ: संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशङ्कर अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार