भाद्र २९, २०८३ सोमबार September 14, 2026

बागेश्वरीमा सामूहिक गाई पूजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भरतपुरको बागेश्वरीमा तीन दिने सामूहिक गौ: पूजा थालिएको छ । योगी नरहरिनाथ गौ: संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ: पूजा सुरु गरिएको हो ।

लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगत वर्षमा जस्तै यस वर्ष पनि बागेश्वरीमा गौ: पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाट धामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौ: आरती गरेर गौ: पूजाको सुरुआत गर्नुभयो । सो अवसरमा उहाँले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैँ पूजा गर्नुपर्नेमा जोड दिनुभयो ।

पशुपतिमा गरियो सामूहिक गाई पूजा | Safal Khabar

सामूहिक गौ: पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ । बागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ: पूजा गर्न थालिएको हो । गाईको वैदिक रूपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । यहाँ सामूहिक गौ: पूजासँगै गोवर्द्धन पर्वत बनाएर पूजा गरिन्छ । पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको बागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताउनुभयो ।

यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन् । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आउनुभएको थियो । उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ । गौ: पूजाको अवसरमा योगी नरहरिनाथ गौ: संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूव अध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौ: संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशङ्कर अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
सम्पत्ति शुद्धीकरणका प्रमुख जोखिम पहिचान, हुन्डी र क्रिप्टोकरेन्सीले बढायो चुनौती
२०८३ भाद्र २९, सोमबार
कति सम्भव छ हेटौँडा-काठमाडौँ ‘रोपवे’ को पुनर्जीवन
२०८३ भाद्र २९, सोमबार