मंसिर १६, २०८० शनिबार December 2, 2023

तराई मधेशमा छठ पर्वको तयारी सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दीपावलीको मुख्य आकर्षक लक्ष्मी पूजा सम्पन्न भएसँगै वीरगन्ज लगायत तराई मधेशका जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ ।

बारा, पर्सा, रौतहट लगायत भोजपुरा संस्कृतिको केन्द्रको रूपमा रहेको वीरगन्जमा दीपावलीसँगै छठ पर्व उत्साह र उमङ्गका साथ मनाइने गरिन्छ । वीरगन्जमा दीपावली अर्थात् लक्ष्मी पूजा भव्य रूपमा मनाईएको र दीपावली सकिएसँगै छठ पर्वको तयारीमा सर्वसाधारण जुटेका छन् ।

दीपावलीमा तराई मधेशमा लक्ष्मी पूजापछि छठ पर्वको तयारी हुने गर्दछ । अहिले वीरगन्जको घण्टाघर र माइस्थान क्षेत्रमा छठ पर्वमा प्रयोग हुने माटाका पूजा सामग्री दियो,पाला, आदि बेच्नेहरूको भिड लागेको छ । लक्ष्मी पूजापछि अहिले वीरगन्ज महानगरपालिका सहित स्थानियपालिकाहरु, विभिन्न सामाजिक सङ्घ संस्थाहरूले छठ घाटको सरसफाइ र शृङ्गारको काम सुरु गरी सकेका छन् ।

छठ पर्वका लागि वीरगन्जको सबैभन्दा ठूलो तथा प्रसिद्ध घाट घडिअर्वा पोखरी परिसरलाई पनि सजाउने काम धमाधम भई रहेको छ । घडिअर्वा पोखरी सँगै वीरगन्जको रानीघाट, छपकैया, मुर्ली, नगवा, लक्ष्मणवा, राधेमाई टोलमा रहेका दुई दर्जनभन्दा बढी छठ घाटहरू सजाउने काम तीव्र रूपमा भई रहेको छ ।

तराई मधेशमा दीपावली र छठ पर्वलाई विशेष रूपमा मान्ने चलन रहेको बताउँदै वीरगन्ज महानगरपालिका वडा नम्बर ४ निवासी सुशिल जोशीले वीरगन्ज लक्ष्मीको नगरी र मुलुककै आर्थिक राजधानी मानिने भएकाले पनि यहाँ दीपावली पर्व भव्य रूपमा मनाइने र त्यसपछि छठको तयारीमा स्थानीय जुट्ने गरेको बताउनु भयो ।

तिहार र छठ दुवै पर्वले समग्र तराई मधेशकै अर्थतन्त्रलाई चलायमान समेत बनाएका छन् । यी पर्वमा पूजा सामग्री देखि लिएर नयाँ कपडा, जुत्ता, बास तथा माटाका सामान, फलफूलको विक्री वितरण तीव्र रूपमा हुने गर्दछ ।

यसैबिच छठ पर्वको तयारीका लागि आज वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहितको टोलीले महानगर भित्रका विभिन्न धार्मिक स्थल एवं छठ घाटको स्थलगत अनुगमन र अवलोकन गरेको छ । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा रहेका छठ घाटहरूको स्थलगत अवलोकन गरी सरसफाइ र तयारीका सम्बन्धमा थप जानकारी लिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार