मंसिर १६, २०८० शनिबार December 2, 2023

स्नातकोत्तर तहमा भर्नाको लागि प्रवेश परीक्षा फारम खुल्यो

२५ मंसिरसम्म इच्छुक विद्यार्थीले आवेदन फारम अनलाइनमार्फत बुझाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायले स्नातकोत्तर तहमा धमाधम भर्ना आवेदन खुला गरेका छन् ।

शिक्षाशास्त्र संकाय, डीनको कार्यालयले शैक्षिक सत्र २०८०/०८१ को लागि स्नातकोत्तर तहमा भर्नाको लागि प्रवेश परीक्षा आवेदन खुला गरेको छ ।

२९ मंसिरको दिउँसो १ बजे प्रवेश परीक्षा सञ्चालन हुने र ४ पुसमा नतिजा सार्वजनिक हुनेछ । ५ पुसदेखि १० गतेसम्म भर्ना हुने र ११ पुसदेखि कक्षा सुरु हुनेछ ।

शिक्षाशास्त्र संकायले सेमेष्टर प्रणालीमा आधारित एमएड र एमएसएसइडी (मास्टर अफ सोसियल स्टडीज एजुकेशन) शैक्षिक कार्यक्रमको लागि भर्ना प्रवेश परीक्षाको आवेदन खुला गरेको छ ।

१ मंसिरदेखि आवेदन खुला गरेको संकायले २५ मंसिरसम्म इच्छुक विद्यार्थीले आवेदन फारम अनलाइनमार्फत बुझाउन सक्नेछन् । एक हजार पाँच सय तोकिएको प्रवेश परीक्षा शुल्क ई–सेवा बाट मात्रै भुक्तानी गर्नुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार