श्रावण १२, २०८१ शनिबार July 27, 2024

सुपथ मुल्य पसलमा भारी छुट,सर्वसाधारणको भिड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिएसँगै सरकराले नागरिकलाई राहत प्रदान गर्नका लागि राजधानीको विभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालनमा ल्याएकोछ ।

बजारमा चलेको मुल्य भन्दा केही सस्तो र गुणस्तरीय सामान पाउने भएपछिशनिबारदेखि नै उपभोक्ताको भिड लागेको छ । सहुलियत मूल्य पसलबाट साल्ट ट्रेडिङकर्पोरेशन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले आकर्षक छुटमा उपभोग्य सामग्रीउपलब्ध गराएका छन् ।

चामल, दाल, गेडागुडी, फापरको पीठो र खसी, बोका, भेडा तथाच्याङ्ग्रामा प्रतिकिलो १० छुट दिइएको छ । डिडिसीले घ्यूमा प्रतिकिलो रु ५० छुट दिइएकोछ ।

यस्ता पसलहरु साल्ट्र टेडिङको रामशाहपथस्थित कार्यालय,कालीमाटी,कोटेश्वर,रत्नपार्क, सिनामंगल,बानेश्वरलगायतमा स्थानमा राखिएको छ ।

यसअघि शुक्रबार राजधानीको रामशाहपथस्थित नेशनल ट्रेडिङ परिसरमा शुक्रबार सहुलियत मूल्य पसलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वका अवसरमा दैनिक उपभोग्य वस्तुमा थोरै मात्रामा भए पनि सहुलियत प्रदान गर्न पसल सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी निकायको सहभागितामा सहुलियत दरको पसल सञ्चालनमा ल्याइएको छ ।

विभिन्न बहानामा उपभोक्तालाई ठग्ने छुट कसैलाई नभएको बताउँदै उहाँले उपभोक्तालाई गुठी र उपभोग्य सामग्रीमा मिसावट गर्ने व्यापारीलाई कारवाही गर्न कानून निर्माण भइसकेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार