कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कञ्चनपुरका एक शिक्षकको मृत्यु

स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेर घाइते भएका शिक्षकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर, ७ मंसिर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ।

बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज (विहिबार) मृत्यु भएको हो। विद्यालयमा पढाउने बेला उनी कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए।

४ दिनदेखि अचेत अवस्थामा रहेका उनको नवजिवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो। ४ गते स्कुलमा कुर्सीमा बसेका बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेको थियो। आज विहान ६ बजेतिर उनको मृत्यु भएको हो। मृतक शिक्षक चिमाडीका दुई छोरी र एक छोरा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया