कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गुरु नानक जयन्ती मनाइँदै

कार्तिक स्नान समाप्ति पनि आजै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आज मंसिर ११ गते सोमबार कार्तिक शुक्ल पूर्णिमा तदअनुसार नोभेम्बर २७ तारिख २०२३।

आज गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु पर्व वा गुरु पूर्णिमा भनेर मनाइन्छ। हिन्दुहरुलेसमेत गुरु पूर्णिमाको रुपमा आजको दिनलाई विशेष रुपले मनाउने गर्दछन्।

संसारभरका शिख धर्मावलम्वीले श्रद्धाका साथ गुरु नायक अर्थात् शिख गुरुको सम्झना गर्ने गर्दछन्। विशेष गरेर आज गुरु नानक जयन्ती अर्थात् शिख धर्मका प्रमुख गुरु नायकको जन्म भएको दिन हो।

गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए । धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधि विधान अनुरुप समापन गरिन्छ । कार्तिक शुक्ल पूर्णिमा वा आजको दिनलाई गुरु निम्बार्काचार्यको जन्म दिनसमेत मानिन्छ।

एक दिन अनेक कर्म भनेजस्तै कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन हुन्छ। अहिलेसम्म रोकिएका शुभकार्य आजको दिनबाट गर्न थालिन्छन्।

यही पद्धति र परम्परा अनुसार मङ्सिर लागेसँगै हाम्रो समाजमा विवाह तथा व्रतबन्ध जस्ता शुभकार्य सुरु हुन्छन्। दसैँको समापनसँगै सुरु भएको कार्तिक स्नानसमेत आजबाट समापन भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार