असार २६, २०८२ बिहिबार July 10, 2025

धौलागिरि अस्पतालबाट चार सङ्क्रमित कोरोना जितेर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, बागलुङ । जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन्। गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् ।

पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । “चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन”, उनले भने । एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ । लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ ।

निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको प्रमुख चिकित्सक पोखरेलले बताए । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन् ।

जिल्लामा हालसम्म भेटिएका कूल ४० सङ्क्रमितमध्ये अब ३४ जनामा मात्र कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । उनीहरुमध्ये १३ धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा छन् भने बाँकी धवलागिरि बहुमुखी क्याम्पस र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘प्रिआइसोलेसन’मा छन् । सङ्क्रमितमध्ये बागलुङ नगरपालिकाका दुई महिलालाई बेल्जियमबाट आएपछि कोरोना देखिएको थियो ।

बाँकी सबै सङ्क्रमित हालै भारतबाट आएका हुन् । चिकित्सकका अनुसार सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार