२९ जेठ, नेपालगन्ज । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा विहिबार थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा रोल्पाका १४ जना र १३ जना बाँकेका रहेका छन् ।
संक्रमितमा रोल्पाका १३ पुरुष र एक महिला रहेका छन् भने बाँकेका १२ पुरुष र एक महिला रहेका छन् ।
रोल्पाका संक्रमितमा एक जना ७ बर्षिय बालक समेत रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया