बैसाख ७, २०८३ सोमबार April 20, 2026

सङ्घीयतामार्फत मात्रै समृद्धि : सभापति देउवा

सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताएका छन्।

ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताएका छन्।

मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उनले गणतन्त्र र सङ्घीयताको अर्को विकल्प नभएकामा जोड दिए।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताए।

देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारी सिर्जना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया