असार ५, २०८३ शुक्रबार June 19, 2026

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे

व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पार्टीको शुुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उहाँले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री शर्माले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविको चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राख्नुभयो ।

“मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न सङ्घले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री घिमिरेले कांग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुरहेको उल्लेख गर्नुभयो । उहाँले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउनेगरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताउनुभयो ।

पार्टीका सहमहामन्त्री एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले व्यवसायविना राजनीति र समाजसेवा हुन नसक्ने धारणा राख्नुभयो ।

सहमहामन्त्री लामाले होटल क्षेत्रले मुलुकमा लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्र विकासमा होटल क्षेत्रले खेलेको भूमिकालाई थप बढाउन राज्यले उचित नीति लिनुपर्ने बताउनुभयो । होटललाई उद्योगको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले मध्यपूर्वको समस्याका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो समस्या उत्पन्न हुँदा यसको प्रभाव होटल क्षेत्रमा परेको बताउनुभयो । उहाँले होटल व्यवसायीको समस्या समाधानमा कांग्रेसले काम गर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सांसद सन्तोष सुब्बाले व्यवसायीको हितका लागि कांग्रेसले लामो समयदेखि कुरा उठाउँदै आएको र पार्टीका तर्फबाट आफूले यसबारे संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।

डेमोक्रेटिक लयर्स एसोसियशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जेनजी आन्दोलनपछि कांग्रेसभित्र रुपान्तरण जरुरी रहेको र उक्त कार्य विशेष महाधिवेशनले पूरा गरेको बताउनुभयो ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, उपाध्यक्ष शैलेश कार्की, जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बराललगायतले मुलुकको अर्थतन्त्रको मुख्य खम्बा होटल व्यवसाय भएकाले यसलाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले पर्यटन र व्यवसाय क्षेत्रको संरक्षणमा कांग्रेसले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा यस क्षेत्रको सुदृढीकरणमा कांग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा स्थापना भएको सङ्घको हाल ४४ जिल्लामा शाखा स्थापना भइसकेको जानकारी दिँदै उहाँले आगामी मङ्सिरभित्र ७७ वटै जिल्लामा शाखा स्थापना गरिने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
२०८३ असार ५, शुक्रबार
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
२०८३ असार ५, शुक्रबार
रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार