भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्तमा लम्साल

३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश भए परराष्ट्र सचिव भरतराज पौड्याल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। पौडेलले अनिवार्य अवकाश लिएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उनले ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश लिएको बताएका छन्।

उनलाई क्यानडाका लागि नेपाली राजदूत बनाउन सरकारले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ।

सचिव पौड्यालले अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन्।

सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया