मंग्सिर २, २०८३ बुधबार November 18, 2026

यमनमा साउदीका ५४ हवाई आक्रमण

ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा भिषण आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हुथी विद्रोहीहरूले साउदी अरबले यमनका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ५४ पटक हवाई आक्रमण गरेको दाबी गरेका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी लडाकु विमानले ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा आक्रमण गरेका हुन्।

हुथीहरूले सोमबार साउदी सैन्य अखडालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबी पनि गरेका छन्। उनीहरूले रेड सीको तटीय क्षेत्र र बाब अल–मन्डेब जलमार्गमा आफ्नो नियन्त्रण रहेको बताएका छन्।

होर्मुज जलमार्गमा तनाव बढिरहेका बेला बाब अल–मन्डेबको रणनीतिक महत्त्व थप बढेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार