काठमाडौंः प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तहको नियमित तथा आंसिक परिक्षा आवेदन खुला गरेको छ। एक सूचना जारी गर्दै परिषदले डिप्लोमा तहको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षा आवेदन खोलेको हो।
सिटिइभिटीको आंगिक, साझेदारी, सामुदायिक बिद्यालय र निजि स्तरमा संचालित सिक्षण संस्थाहरुमा सेमेस्टर प्रणाली अन्तरगत डिप्लोमा इन इन्जिनियर, तहका परीक्षा माघ फागुन महिना मा संचालित हुने कार्यक्रमहरु, होटोल मेनेजमेन्ट, फूड एन्ड डेरि टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट, र कृषि (बाली बिज्ञान र पशु बिज्ञान) दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परिक्षाको परीक्षा फारम खुलेको सुचनामा उल्लेख छ।
विद्यार्थीहरुले मिति २०८० साल पुस ११ गते भित्र नियमित शुल्क र सोही १९ गते भित्र दोब्बर दस्तुर तिरी आवेदन फारम भरिसक्नुपर्ने छ।
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न) अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोवाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित /आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले उल्लिखित मिति र समय अनुसार आवेदन फाराम भर्नु भराउनुहुन अनुरोध गरेको छ ।
सिटिइभिटिले सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षण संस्थाका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराइने उल्लेख गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया