असार २६, २०८२ बिहिबार July 10, 2025

थप २५० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४६ सय १४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

थप १८७ जना डिस्चार्ज

यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया