कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ : माधव नेपाल

मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रूपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ ।

७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरिनुपर्छ भन्नुभयो ।

सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट वञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको जनाउँदै विज्ञप्तिमा सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको जनाइएको छ

अध्यक्ष नेपालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय तहमा दिवस मनाउने गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार