असार ६, २०८३ शनिबार June 20, 2026

कानुनमा एउटा मिति तोक्ने, फैसलाचाहिँ वर्षाैंसम्म नआउने स्थिति विडम्बनापूर्ण : पूर्वन्यायाधिस, बलराम केसी (अन्तवार्ता)

फैसलाको लेखन गुणस्तरीय बनाउन जनशक्ति पनि दक्ष चाहिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वाेच्च अदालतबाट फैसलाको पूर्ण पाठ किन समयमै आउँदैनन् ? 

पहिलो त मुद्दाको चाप धेरै र जनशक्ति एकदमै कम छ । न्यायाधीशका लागि पर्याप्त बेन्च सहायक छैनन् । न्यायाधीशले क्लज सुन्नुपर्‍यो, लेख्नुपर्‍यो, त्यसका लागि समय त लाग्छ नै । अमेरिकामा एकजना न्यायाधीशका लागि कम्तीमा चारजना सहायक हुन्छन् । फैसला लेख्न इजलास अफिसरको संख्या बढाउनुपर्ने हुन्छ । साथै, फैसलाको लेखन गुणस्तरीय बनाउन जनशक्ति पनि दक्ष चाहिन्छ ।

समयमा नै पूर्णपाठ तयार गर्न के गर्नुपर्छ ? 

पहिलो जनशक्ति थप्ने । अर्काे कुरा भारत, अमेरिकामा फैसलामा केसको हिस्ट्र धेरै राखिँदैन । डाइरेक्ट विवादको विषयको कुरा लेखिन्छ । हाम्रो फैसला लेखन शैलीमा आमूल परिवर्तनको खाँचो छ । हाम्रा फैसलाको ५० प्रतिशत त केस हिस्ट्री हुन्छ । मुद्दाका पक्ष–विपक्षको जवाफ, साक्षीको व्यहोरा सबै उतारेको हुन्छ । यसलाई हटाउने हो भने पनि कार्यबोध धेरै कम हुन्छ । भारतको ‘अल इन्डिया रिपोर्ट’ हेर्नुस्, त्यसमा न्यायाधीशले वादी, प्रतिवादीले पेस गरेको प्रत्येक साक्षीलाई खण्डन गरिएको हुन्छ । यो कारणले यो प्रमाण लाग्दैन, यो कारणले यो प्रमाण लाग्छ भनिएको हुन्छ । हाम्रोमा त्यस्तो छैन, थुप्रै कुरा सुधार गर्नुपर्नेछ ।

अर्काे फैसला तयार गर्नुपर्ने समयसीमालाई सम्भव हुने बनाउनुपर्‍यो । कानुनमा एउटा मिति तोक्ने, फैसलाचाहिँ वर्षाैंसम्म नआउने स्थिति विडम्बनापूर्ण हो । जस्तो कि विश्वनाथ उपाध्यायको पालामा ‘दोस्रो संसद् विघटन’को फैसलाको पूर्ण पाठ कहिल्यै आएन । नियम, ऐन, कानुनमा तोकिएको कुरा त सर्वाेच्च आफैँले पनि उल्लंघन गर्न पाइँदैन । यसमा सबै अदालतको लापरबाही देखिएको छ ।

फैसला नलेखी न्यायाधीश रिटायर्ड भए के हुन्छ ? 

यस्तो त हुन्छ । सर्वाेच्चमा ६५ वर्षमा न्यायाधीश निवृत्त हुन्छन् । निवृत्त हुने एक महिनाअघिसम्म पनि सुनुवाइ गरिरहेकै हुन्छन् । यस्तोमा चलन के छ भने फैसला तयार भएपछि न्यायाधीशको घरमा गएर अघिल्लो मितिको हस्ताक्षर गराइन्छ । कमजोरी के भने यसले सर्वाेच्च अदालतका न्यायाधीश आफैँले फैसला लेख्दैनन् भन्ने उजागर गरिरहेको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार