श्रावण १२, २०८१ शनिबार July 27, 2024

शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति

शिक्षा सुधार गर्ने अभियानअन्तर्गत यो विधीले केही सुधार हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत जेठ ५ गते । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयहरूमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरुको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । ‘‘विद्यालयको सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार मात्रै प्रधानाध्यापक नियुक्त गर्दा विद्यालयमा फरक सोच र फरक शैली नआएकाले यस्तो सुरुआत गरिएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘शिक्षा सुधार गर्ने अभियानअन्तर्गत यो विधीले केही सुधार हुने अपेक्षा गरेका छौं ।’’

उहाँका अनुसार गाउँपालिकाले शैक्षिक सुधारलाई नै पहिलो कामका रूपमा हेरेर शिक्षा क्षेत्रमा विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको छ । प्रधानाध्यापकले चाहे विद्यालयमा परिवर्तन गर्न सक्छन् भन्ने लागेर उनीहरुको योजना अनुसार नै विद्यालय सुधार प्रस्ताव हेरेर जिम्मेवारी दिने तयारी गरिएको आचार्यले बताउनुभयो । ‘‘नयाँ सोच र भिजन अनुसार जिम्मेवारी दिने हो ।,’’ उहाँले भन्नुभयो, ‘‘छनोट गर्दा निश्चित आधार बनाएर मूल्याङ्कन गर्ने र सोही बमोजिम जिम्मेवारी दिने तयारी गरेका छौं ।’’

शिक्षा ऐनमा रहेको व्यवस्था अनुसार परम्परागत रूपमा प्रअ बन्दा कुनै परिवर्तन नआएकाले प्रतिस्पर्धाका आधारमा काम गर्दा केही फरकपन आउला भनेर नयाँ कामको थालनी गरिएको उहाँको भनाइ छ ।

‘‘नयाँ कुरा लागू गर्नु चुनौतीपूर्ण हुन त सक्ला तर यो नगरेसम्म परिवर्तन कसरी होला ?,’’ उहाँले भन्नुभयो, ‘‘काम गर्न सक्ने मान्छेले गर्ने हो, कुनै हालत सकिँदैन भने अब अरूका लागि बाटो खुल्ला गर्दा पनि हुन्छ । तर राष्ट्रको लगानी र विद्यार्थीको भविष्यमाथि खेलबाड हुनु हुँदैन ।’’

गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेका अनुसार विद्यालयको प्रधानाध्यापक बन्न इच्छा भएका शिक्षकहरूले आफूले आगामी पाँच वर्षमा विद्यालयमा ल्याउन सक्ने परिवर्तन, कार्यान्वयन गर्न सक्ने कार्यक्रमलगायतका स्पष्ट खाका सहितको प्रस्ताव तयार गर्नुपर्छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता हुने ती प्रस्ताव उपर जनप्रतिनिधि, कर्मचारी र विज्ञहरूले संयुक्त रूपमा अध्ययन गरेपछि उत्कृष्ट प्रस्ताव छनोट हुने छ । जुन शिक्षकको प्रस्ताव छनोटमा पर्छ उही शिक्षकलाई विद्यालयको आगामी पाँच वर्षको प्रधानाध्यापकको रूपमा नियुक्त गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले गत वैशाख २७ गतेसम्म शिक्षकहरूको प्रस्तावना बुझाउने मिति तोकेको थियो । सोही अनुसार प्राप्त भएका प्रस्तावनाको मूल्याङ्कन गरेर जिम्मेवारी दिने अध्यक्ष आचार्यले बताउनुभयो । शिक्षकले आफ्नो नियुक्ति पत्रको प्रतिलिपि, विद्यालयको सेवा प्रमाणित, शैक्षिक योग्यता प्रमाणपत्रका प्रतिलिपि, नेतृत्व विकाससम्बन्धी तालिम लिएको भएमा सो प्रमाणपत्रको प्रतिलिपि र हस्तलेखन निवेदन सहित पाँच वर्षे विद्यालय विकास प्रस्ताव पेस गर्नुपर्ने छ ।

प्रधानाध्यापक बन्नका लागि आवश्यक न्यूनतम् योग्यताअन्तर्गत माध्यमिक तहका लागि स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको, निम्न माध्यमिक तहका लागि स्नातक वा सो सरह उत्तीर्ण गरेको, प्राथमिक तहका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र यी सबैका लागि कम्तीमा पनि तीन वर्ष सम्बन्धित तहमा शिक्षण गरेको अनुभव भएको हुनुपर्ने सर्त गाउँपालिकाले राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार