असार ६, २०८३ शनिबार June 20, 2026

जबजलाई बिर्सेर होइन, त्यसलाई समृद्ध बनाएर लैजाने कार्यमा पार्टीले सशक्त भूमिका खेल्छ : एमाले सचिव गोकर्ण विष्ट (अन्तवार्ता)

जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको विचार, योगदान र नेतृत्वलाई कसैले पनि बिर्सिन सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३ जेठ अर्थात् दासढुंगा दुर्घटनालाई एमाले बिर्सिसक्यो कि सम्झँदै छ ?

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको विचार, योगदान र नेतृत्वलाई कसैले पनि बिर्सिन सक्दैन । उहाँहरूले पुर्‍याएको योगदानले नै आजको नेपाली राजनीतिमा हामीलाई सामयिक बनाइरहेको छ । त्यसैले, हामी सबैले उहाँहरूलाई सदैव सम्झिरहनेछौँ । उहाँहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै त्यसलाई अझ समृद्ध बनाउने दिशामा हामी अघि बढिरहेका छौँ । त्यसैले, उहाँहरूलाई गुमाएको दिन ३ जेठलाई एमालेले बिर्सिने कुरै छैन ।

एमालेले मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद (जबज) लाई बिर्सिसक्यो भन्ने आरोप छ नि ?

हामी पार्टीको आन्तरिक जीवन र नेपाली राजनीतिमा प्रतिस्पर्धात्मक विधिबाट अघि बढिरहेका छौँ । जबजले अघि सारेका विचारलाई बिर्सिने होइन, त्यसलाई समृद्ध गर्ने दिशामा सिंगो पार्टी पंक्ति निरन्तर लागिपरेको छ । कमरेड भण्डारीको नेतृत्वमा अघि सारिएको जबजलाई बिर्सेर होइन, त्यसलाई समृद्ध बनाएर लैजाने कार्यमा पार्टीले सशक्त भूमिका खेल्छ र खेल्दै आएको पनि छ ।

एमालेमाथि सत्ताबाहिर रहँदा दासढुंगा दुर्घटनालाई उचाल्ने र सत्तामा पुगेपछि यसलाई बिर्सने गरेको आरोप पनि छ नि ?

नेपालमा मात्र होइन, विकसित देशमा पनि यस्ता कैयौँ घटना सदा सर्वदा रहस्यकै गर्तमा रहेका उदाहरण धेरै देखिन्छन् । नेपालकै सन्दर्भमा पनि त्यस्तै भएको मात्र हो । हामी सरकारमा जाँदा या प्रतिपक्षमा हुँदा यो घटनालाई समान रूपमा हेरिरहेका छौँ । जहाँ रहे पनि हामीले यस घटनालाई चासोसाथ हेर्दै आएका छौँ । तर, सोचेजस्तो परिणाम नआएको हुनाले हामीमाथि त्यस्तो आरोप लगाइएको हुन सक्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार