असार २६, २०८२ बिहिबार July 10, 2025

गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गण्डकी प्रदेशका थप ४ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को, हुप्सेकोट गाउँपालिका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद बिन्दु शर्माले विज्ञप्ति मार्फत बताएका छन् । निर्देशक डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनिहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको उनले बताए । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

यसअघि शुक्रबार बिहान मात्रै स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया