असार २६, २०८२ बिहिबार July 10, 2025

कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।

विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो ।

छिमेकी देश भारतमा १० लाख जनसङ्ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया