कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सुदूरपश्चिम विश्वविद्यालयमा उपप्रशासकसहित ६२ पदका लागि दरखास्त आह्वान

योग्यता पुगेका इच्छुकले आगामी माघ ७ गतेसम्म आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आज सूचना प्रकाशित गर्दै कार्यालयले कैलाली बहुमुखी क्याम्पसमा रिक्त उपप्रशासकसहित ६२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनामा उपप्रशासक, सहायक प्रशासक, हेड असिस्टेन्ट, असिस्टेन्ट, कार्यालय सहयोगीलगायत विभिन्न विषय शिक्षक आवश्यक रहेको उल्लेख छ ।

योग्यता पुगेका इच्छुकले आगामी माघ ७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया