कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सूर्यविनायकको नैचालमा बुद्धमूर्ति स्थापना गरिने

भव्य कार्यक्रमबीच भक्तपुरको इनाचो मुनि विहारबाट बुद्धमूर्ति गाडीमा राखेर गाउँंमा लग्ने र बाजागाजा रयालीका साथ स्थापना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, १९ पुस । भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्वो डाँंडा नैचाल भक्तपुरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरुले भव्य तयारी गरेका छन् । भव्य कार्यक्रमबीच भक्तपुरको इनाचो मुनि विहारबाट बुद्धमूर्ति गाडीमा राखेर गाउँंमा लग्ने र बाजागाजा रयालीका साथ स्थापना गर्ने योजना उनीहरुले तय गरेका छन् । सो ठाउँंमा भविष्यमा विहार बनाउने योजना उनीहरुको छ ।

बुद्ध विहार इनाचो भक्तपुरको व्यवस्थापन समितिका सचिव शिवप्रसाद बालाले स्थानीयको अनुरोध अनुसार मित्रराष्ट थाइल्याण्डको सहयोगमा एउटा बुद्धमूर्ति तयारी अवस्थामा रहेको बताए । उनका अनुसार त्यही बुद्धमूर्तिलाई शनिबार विहान मुनिविहारमा हस्तान्तरण कार्यक्रम हुनेछ । त्यसपछि त्यसलाई गाडीमा राखेर नैचाल लगिने छ । त्यसका लागि दुई तीनवटा बसमा भिक्षुहरु पनि नैचाल पुग्ने छन् । गाउँंमा पुगेपछि आधा घण्टाजतिको बाटोमा रयाली गरी बुद्धमूर्ति स्थापना गरिने छ । करिव चार फिट अग्लो बुद्धको धातुको मूर्ति तयार गरी विहारमा अहिले सुरक्षितस्थान अवस्थामा छ ।

स्थानीय बीरबहादुर तामाङले यही कारण गाउँंमा एउटा बुद्धमूर्ति स्थापना गरेपछि विहार निर्माण गर्ने योजना रहेको सुनाए । यसका लागि आफूहरुले नजिकैको पर्ति जग्गा मिलाएको उनले सुनाए । भक्तपुरमा पाइलैपिच्छ मठमन्दिरहरु छन्, उनले भने, यही कारणले पनि प्रत्यक्षअप्रत्यक्ष रुपमा त्यहाँंका मानिस तुलनात्मक रुपमा अलिकति सभ्य भएको हाम्रो बुझाई छ ।

गाउँंमै मठमन्दिर वा कुनै धार्मिक स्थल भएपछि यही कारणले पनि नैतिक बनाउने मान्यताले काम गर्ने गम्वोडाँंडा सुधार समितिका पदाधिकारीहरुको विश्वास छ । यही मान्यताबाट अगाडि वढेर आफूहरुको ठाउँं र स्थानीयबासी पनि सभ्य, सुसस्कृत, नैतिकवान होस् भन्ने हेतुले बुद्धमूर्ति स्थापना गरी विहार बनाउने योजना रहेको उनीहरुले सुनाए ।

नैचाल अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीबाट झण्डै १२ किलोमिटर दक्षिण पहाडको ठाउँंमा छ । जगाती भएर प्रख्यात डोलेश्वर मन्दिर हुँदै जंगलैजंगलको बाटोबाट ठाडो उकालो पुगेपछि यो ठाउँंमा पुगिन्छ । गाउँंको बाटो, ठाडो उकालोको बाटो भएकाले मोटरसाइकलमै पुग्न पनि झण्डै जगातीबाट एक घण्टा लाग्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार