असार २५, २०८२ बुधबार July 9, 2025

जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल: राष्ट्रपति

आगामी दिनमा यो किल्लालाई नेपाल–अङ्ग्रेज युद्धको अध्ययन–अनुसन्धान गर्ने र पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्नेमा जोड दिनुभएको छ । उहाँले जितगढी एउटा महत्त्वपूर्ण नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभएको छ ।

बुटवल उपमहानगरपालिका–१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्णस्थल भएको र किल्लाको समयानुकूल प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना अगाडि बढाएकामा खुसी व्यक्त गर्नुभयो । “यसका लागि अब बुटवल उपमहानगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, नेपाली सेनाले तीनवटै तहका सरकारसँग मिलेर जितगढी पु्नःनिर्माणसम्बन्धी गुरुयोजनाअनुसार काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले आगामी दिनमा यो किल्लालाई नेपाल–अङ्ग्रेज युद्धको अध्ययन–अनुसन्धान गर्ने र पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बुटवल उपमहानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलको संरक्षण र प्रवर्दनमा ध्यान दिन आग्रह गर्दछु ।”

नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको राष्ट्रपति पौडेलले बताउनुभयो । “नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य नेपाली सेनाले गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने र बुटवलसहितका नगरलाई जोडेर बृहत् सहर बनाउने जनप्रतिनिधिको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । किल्लाको पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले संरक्षण गन अपेक्षा गरेको राष्ट्रपति पौडेल बताउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकयस्थलको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्घले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले सङ्घीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।

नगरप्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अ¬ङ्कित हुलाक टिकट जारी गर्न केन्द्र सरकारसँग माग गर्नुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना रहेको बताउनुभयो । जितगढीको ऐतिहासिक महत्वबारेमा इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार