असोज ३, २०८३ शनिबार September 19, 2026

चिनीको मूल्य ६३ निर्धारण गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बजारमा एक्कासी चिनीको मुल्य बढेपछि त्यसलाई नियन्त्रण गर्न संसद मातहत हेको लेखा समिति सक्रिय भएको छ । प्रतिनिधिसभा, अन्र्तगत सार्वजनिक लेखा समितिको बैठकले बैठकले चिनीको मूल्य ६३ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न गर्नुपर्ने ठहर गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।

बैठकमा चिनीको बजार मूल्य रु ६३ भन्दा माथि नजाने भन्दा भन्दैअहिले के कारणले ८० माथि पुग्यो ? भन्ने विषयमा सांसदहरुले प्रश्न गरेका थिए । साथैखाने तेलको एक लिटरमा रु २५, दाल एवं गेँडागुडीमा प्रतिकिलो रु १५ भन्दा माथि मूल्यवृद्धि हुँदा सरकारले प्रभावकारी बजार अनुगमन गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको थियो ।

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले चिनीको अस्वाभाविक रुपमामूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

समितिको बैठकमाकांग्रेसका राजेन्द्र केसीसहतिका सदस्यहरुले पनि मंहगी नियन्त्रण गर्न सरकारसँग मागगर्नुभएको थियो । पछिल्लो समय सरकारले चिनीको कोटा निर्धारण गरेपछि बजारमा चिनीको मूल्य एक्कासी बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधान जारी गर्दा खुसीभन्दा मधेसमा गोली चलेको पीडाले बढी दुःखी थिएँ’ : पूर्वराष्ट्रपति रामबरण यादव
२०८३ असोज ३, शनिबार
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
२०८३ असोज ३, शनिबार
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज ३, शनिबार
संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे
२०८३ असोज ३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठकअघि पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्ने
२०८३ असोज ३, शनिबार
नेपालको संविधान-शान्ति र सहकार्यको साझा दस्तावेज : एकराज पाठक
२०८३ असोज ३, शनिबार
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा
२०८३ असोज ३, शनिबार