भाद्र ९, २०८३ मंगलबार August 25, 2026

सभामुख र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच नेपालको शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषयमा पनि छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच मंगलबार भेटवार्ता भएको छ। नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, संसदीय सहयोग र अभ्यासबारे छलफल भएको संघीय संसदका कार्यबाहक महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।

त्यसैगरी यसअघि सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका अवसरमा त्यहाँ उठाएका विषयहरु जस्तो नेपाल र आयरल्याण्डबीच संसदीय सहयोग, नेपाली विद्यार्थीलाई आयरल्याण्डमा छात्रवृतिको व्यवस्था र बेलायतको भिषा लिएका नेपालीलाई आयरल्याण्डको भिषा नलिएपनि त्यहाँको भ्रमण गर्न दिइनुपर्ने विषयमा सभामुखले कुरा राखेको उनले बताए।

त्यस्तै नेपाल र आयरल्याण्डबीच संसदीय अभ्यासहरु आदानप्रदान गर्न नेपालका सांसदहरु आयरल्याण्ड जाने र आयरल्याण्डका सांसदहरु पनि नेपाल भ्रमणमा आउनुपर्नेमा सभामुख घिमिरेले जोड दिनुभएको कार्यबाहक महासचिव पाण्डेयले बताए।

सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच नेपालको शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि सभामुख घिमिरेले उठाएको विषयमा सम्बन्धित मन्त्री, पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्ने बताएको कार्यबाहक महासचिव पाण्डेयले बताए। अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार नेपाल आएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार