भाद्र ९, २०८३ मंगलबार August 25, 2026

बादर नियन्त्रण तालिमका लागि पशु चिकित्सक र स्काउटको टोली भारत पठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषकहरुको बाली नष्ट गर्ने बादर नियन्त्रण गर्न १० जना पशु चिकित्सक र ५ जना स्काउटको टोली गरी १५ जनालाई तालिमका लागि भारत पठाउने निर्णय गरेको छ ।

सिंहदरवारमा आज बसेको समितिको बैठकमा सभापति आरजु राणा देउवाले १५ जनाको टोलीलाई बादर नियन्त्रण तालिममा भारतको हिमाञ्चल प्रदेशमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विद्येयक २०७७ माथि मन्त्रालयको धारणा राख्नुभयो ।

समितिको बैठकमा मन्त्री भुसालले विश्वमा खाद्य संकट बढिरहेका बेला नेपालले आफ्ना कृषि उत्पादन बढाउदै आयात प्रतिस्थापन गर्न बगिरहेको पानी, बाँझो जमिन, प्राङ्गरिक मलको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भुसालले नेपालले गत वर्षको तुलनामा यो वर्ष ४ दशमलव ३३ प्रतिशत बढी धान उत्पादन गरेको जानकारी दिँदै समयमा नै मल वितरण र आकाशको पानी पनि समयमा नै परेकाले उत्पादन बढेको बताउनुभयो ।

मन्त्री भुसालले कृषिमा प्राविधिक जनशक्तिको विकास, बजेटमा कृषिलाई ५ प्रतिशत छुट्टयाउनुपर्ने, सिंचाईको सुविधा बढाउन सके नेपाल खाद्य तथा नगदेवालीमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसदहरुले बैठकमा जमिन र कृषक दुवैको वर्गीकरण हुनुपर्ने, पहाडमा कृषि जनशक्तिको अभाव भएको, प्रांगारिक मलको पनि प्रयोग बढाउनुपर्ने, नगदेवालीको बजार व्यवस्थापन गर्नुपर्ने, फलफुल र तरकारी विषादीरहित बनाउन अनुगमन गर्नुपर्ने लगायतका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कृषि गणना २०७८/७९ को तथ्यांक अनुसार ३० लाख ९१ लाख हेक्टर जमिन मध्ये १४ लाख ७७ हजार हेक्टर जमिनमा धान उत्पादन हुने, १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँजो भएको, तराईमा १७ प्रतिशत मात्र सिंचाई पुगेको र बाँकी आकाशको पानीमा भर पर्नुपर्ने अवस्था रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार