भाद्र ९, २०८३ मंगलबार August 25, 2026

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीरबहादुर थापा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्।

चारवटै समितिको सभापतिमा एकरएकजनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएका छन्।

त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीरबहादुर थापा निर्वाचित भए। सत्तारुढ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी एमालेबीच पाँचवटै पार्टीले एकरएकवटा समितिको नेतृत्व लिने समझदारी बनेपछि चारवटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो।

प्रदेश सभा नियमावलीमा भएको व्यवस्थाअनुसार विशेषाधिकार समिति गठन गर्ने र उक्त समितिको नेतृत्व माओवादीलाई दिने सहमति दलहरूबीच सोमबार सहमति भएको थियो। प्रदेश सभा सुरु भएपछि उक्त समिति गठन हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार