कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुदूरपश्चिमका पहाडी जिल्लामा भुवा पर्व सुरू, बिहानैदेखि चाली नाचकाे राैनक

ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व आजदेखि सुरु भएको छ। दशैं तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइने भुवा पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको हो।

महाभारतको युद्धका पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरेको जन विश्वास छ । भुवा पर्व पुषे औँसीका दिनबाट सुरु भई तीनदेखि पाँच दिनसम्म मनाइने गरिन्छ।

आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। सुदूरपश्चिमका अछाम, बझाङ लगायत बाजुरा जिल्लाको बुढिगंगा बडिमालिका,बुढिनन्दा,त्रिवेणी नगरपालिका,र खप्तड छेडेदह तथा गौमुल गाउँपालिकाका गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्।

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ। सदरमुकाम मार्तडीमा बिहानै सबै टोल–टोलमा आगोका राँकाहरू बालेर स्थानीयहरू एकै ठाउँमा जम्मा भई भुवा चाली खेलिरहेका छन् ।

जिल्लाका अरू स्थानीय गाउँहरूमा पनि राँके नाच र भस्व खेलिएको छ। सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकाररुले बताउने गरेका छन्। भुवा पर्वको सन्दर्भमा आज बाजुरामा सार्वजनिक बिदा दिइएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार