३२ जेठ, काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार ८९ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ।
नेपालमा हालसम्म ३ लाख ४४ हजार ९८ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ३३ हजार ३ सय ७७ जनाको पिसिआर र २ लाख १० हजार ७ सय २१ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
आइतबार ४ सय २५ थपिएसँगै नेपालमा कुल संक्रमितको संखया ५ हजार ७ सय ६० पुगेको छ। जसमध्ये ५ हजार ३ सय २४ पुरुष र ४ सय ३६ महिला छन्। कुल संक्रमितमध्ये हालसम्म ९ सय ७४ जना उपचारपछि डिस्चार्ज भएका छन्। ६१ जना भने आइतबार मात्र डिस्चार्ज भएका हुन्। मृतकको संख्या १९ पुगेको प्रवक्ता डा गौतमले बताए।
देशभर हाल ४ हजार ७ सय ६७ जना आइसोलेसनमा र १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया