काठमाण्डौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले माघ २ गतेका दिन भूकम्प र सुरक्षा सम्बन्धी विषयवस्तु पठनपाठन गर्न निर्देशन दिएको छ । २६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा स्थानीय तहबाट सबै विद्यालयहरूमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्वीकृत पाठ्यक्रमले तय गरे अनुसारका भूकम्प र सुरक्षा सम्बन्धी विषयवस्तु पठनपाठन गर्न निर्देशन दिएको हो ।
२६ औं भूकम्प सुरक्षा दिवसमा “स्थानीय श्रोत र प्रविधिको प्रयोग गरौ, भूकम्प थेग्ने संरचना बनाऔ” नारा तय गरिएको र यसै सन्दर्भमा आगामी माघ २ गते स्थानीय तहबाट सबै विद्यालयहरूमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, स्वीकृत पाठ्यक्रमले तय गरे अनुसारका भूकम्प र सुरक्षा सम्बन्धी विषयवस्तु पठनपाठन गर्ने गराउने र सम्भव भएसम्म विद्यालयहरूमा भूकम्प सुरक्षा विषयमा कृत्रिम घटना अभ्यास समेत गर्ने व्यवस्था मिलाउनु हुन केन्द्रले भनेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया