कार्तिक २९, २०८३ आइतबार November 15, 2026

धनुषाधाममा मक्कर मेला शुरु

अलौकिक धातुको दर्शन गर्नका लागि वर्षभरि नै भक्तजनहरू धनुषाधामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मक्कर सङ्क्रान्तिको अवसरमा धनुषाको प्रसिद्ध धार्मिक महत्वको धनुषाधाममा आजदेखि मक्कर मेला सुरु भएको छ ।

आज बिहानैदेखि भक्तजनहरू धनुषा मन्दिरमा पुगेर फूल, जल सहितका पूजाका सामग्रीहरु अर्पण गर्दै पूजा गरिरहेका छन् ।

एक महिनासम्म लाग्ने मक्कर मेला माघ १ गते जुनसुकै बार परे पनि लाग्ने भएपनि अरू दिनको हकमा प्रत्येक हप्ताको आइतबार तथा मङ्गलवारका दिन मेला लाग्ने गर्दछ ।

जनकपुरधाम करिब २२ किलोमिटरको उत्तर पूर्वको कुनामा रहेको धनुषाधाममा मेला भर्नका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

त्रेता युगमा तत्कालीन मिथिलाका राजा, राजर्षि जनकको प्रतिज्ञा पुरा गर्नका लागि अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा धनुषाधाममा खसेको मान्यता रहेको छ ।

धनुष आकारको देखिएको सो अलौकिक धातुको दर्शन गर्नका लागि वर्षभरि नै भक्तजनहरू धनुषाधामा पुग्ने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
२०८३ कार्तिक २९, आइतबार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयाे, राति कोसिया पूजा गरिँदै
२०८३ कार्तिक २९, आइतबार
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार