असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना संक्रमित आमाले दूध चुसाउँदा सन्तानमा संक्रमण हुँदैनः डब्लुएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोना भाइरसबाट संक्रमित भएका आमाहरुले सन्तानलाई दूध चुसाउँदा संक्रमण नहुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ं ले जनाएको छ ।

डब्लुएचओले संक्रमित आमाहरुलाई बिना हिचकिचाहट सन्तानलाई दूध चुसाउन आग्रह गरेको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले आफूहरुले अध्ययन गरेको र दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको उनले बताएका छन् ।

उनले केहीदिनअघि जेनेभामा ब्रिफिङ्गको क्रममा भनेका थिए, ‘बालबालिकाहरुमा कोरोना भाइरसको जोखिम तुलनात्मक रुपमा कम रहेको कुरा हामीलाई थाहा छ, तर अरु धेरै रोगहरुको उच्च जोखिममा उनीहरु हुन्छन् । आमाको दूधले ती सम्भावित रोगबाट जोगाउन सक्छ ।’

उनले अघि भनेका थिए, ‘अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने देखिएको छैन ।’

आमा अति बिरामी नपरेसम्म बच्चाहरुलाई आमाबाट पर राख्न नहुने उनले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार