कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिविको शैक्षिक क्यालेन्डर सार्वजनिक

शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ गते बसेको बैठकले वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।

परिषद्को निर्णयअनुसार २०८० साउनमा भर्ना भएका विद्यार्थीले २०८४ जेठमा चौथो वर्षको परीक्षा दिनेछन् । अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीको विभिन्न प्रकृतिका भर्ना तथा परीक्षाको शैक्षिक क्यालेन्डर प्रकाशित भएको छ ।
उक्त कार्यालयले प्रकाशित गरेको क्यालेन्डर अनुसार पहिलो सेमेस्टर २०८० जनवरीमा सुरु हुने र चौथो सेमेस्टर २०८२ डिसेम्बरमा सकिनेछ ।

तालिका हेर्नुहोस्ः








युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया