कार्तिक २९, २०८३ आइतबार November 15, 2026

अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा, जानकी मन्दिरमा सवा लाख दियो बालिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतको अयोध्यामा आज हुने नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बालिने भएको छ। आज राममन्दिरको गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य गरिदैँछ । गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ ।

उक्त अवसरमा जनकपुरधामस्थित भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने कार्यक्रम रहेको छ। जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार आज १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ। साथै आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको छ।

जानकी मन्दिरमा आज साँझ दियो बालिने र विशेष आरती हुने भएकाले मन्दिरको सरसफाइ लगायतको सम्पूर्ण तयारी पूरा भएको छ। राम मन्दिरको उद्घाटनको दिन दुबै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूल लगायत ३००० हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
२०८३ कार्तिक २९, आइतबार
Chhath festival: President Paudel offers worship at Guhyeshwari
२०८३ कार्तिक २९, आइतबार
एनपिएलमा इतिहासकै सर्वाधिक योगफल, काठमाडौंलाई २२५ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार