असार ३१, २०८२ मंगलबार July 15, 2025

गुगलका एकजना पूर्व कर्मचारीमाथि १८ करोड डलर जरिवाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

व्यवसाय सम्बद्ध गोप्य जानकारीहरु सार्वजनिक गरेको अभियोगमा गुगलका एकजना पूर्व कर्मचारीमाथि भारी जरिवाना भएको छ ।

अमेरिकाको सनफ्रान्सिस्को स्थित एक अदालतले गुगलका पूर्व कर्मचारी एन्थोनी लेभान्डोस्कीमाथि १७ करोड ९० लाख डलर जरिवानाको फैसला सुनाएको हो । आदेश अनुसार लेभान्डोस्कीले उक्त रकम गुगललाई क्षतिपूर्तिबापत तिर्नुपर्नेछ ।

स्मरण रहोस्, गुगलको जागिर छाडेसँगै लेभान्डोस्की र उनका सहकर्मी लिओर रोनले ओट्टो नामक स्वचालित गाडी कम्पनी स्थापना गरेका थिए । त्यसअघि उनीहरु गुगल कम्पनीको स्वचालित गाडी सम्बन्धी विभाग ‘वेमो’मा कार्यरत थिए ।

गुगलका ती पूर्व कर्मचारीले स्थापना गरेको कम्पनी गुगलकै प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापना भएको थियो जो स्वचालित ट्रकहरु उत्पादनमा केन्द्रित थियो । अन्ततः उनीहरुले स्थापना गरेको नयाँ कम्पनी पनि गुगलले नै खरीद गर्नुपरेको थियो ।

ती दुई व्यक्तिले गुगलसँगको सम्झौता तोडेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको आरोप गुगलको थियो । उनीहरुले गुगलका व्यापार सम्बद्ध गोप्य जानकारीहरु समेत अनधिकृत रुपमा दुरुपयोग गरेको दाबी गुगलको थियो ।

तर रोनले केही रकम तिरेर गुगलसँगको विवाद समाधान गरेका थिए । तर लेभान्डोस्कीले भने गुगलको आरोप अस्विकार गर्दै कानूनी लडाइँमा होमिएका थिए । अन्ततः अदालतले उनीमाथि १७ करोड ९० लाख जरिवानाको फैसला गरेको छ ।

तर लेभान्डोस्कीले भने आफुले त्यतिधेरै रकम तिर्न नसक्ने भन्दै आफु टाट उल्टिएको निवेदन पेश गरेका छन् ।

आफ्नो कूल सम्पत्ति नै बढिमा १० करोड डलर मात्र रहेको भन्दै उनले आफुले १७ करोड ९० लाख जरिवाना तिर्न नसक्ने बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार