श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

मकरलाई दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष – आजको दिन खासै शुभदायी नरहला । तार्किक क्षमताले सम्मान दिलाएपनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । आशा देखाउनेहरूले धोका दिन सक्छन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने योग रहेकोले सावधान रहनु हितकर होला । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको अवसर जुर्ला ।

वृष – स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । भेटघाटका काममा नअल्झिनु हितकर हुनेछ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ । तथापि, सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम गर्दा चुनौती आइलाग्नेछन् तर जिम्मेवारी हात पर्नेछ । महत्वपूर्ण योजना सोच्दै हुनुहुन्छ भने शुभारम्भको निर्णय लिनु हितकर होला । अध्ययनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरू हार खानेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ ।

कर्कट – न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुखदुःखमा साथ दिनेहरू चाहिँ प्रशस्तै भेटिनेछन् । सोखले फजुल खर्च बढाउन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । काम बिग्रने भयले सताउन सक्छ । तथापि, कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – रोकिएका काम सम्पादन हुनेछन् । तर्कशक्ति बढ्नुका साथै आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । सुखद समाचारले उत्साह जगाउला । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – सहयोगीहरू नै प्रतिस्पर्धामा उत्रिन सक्ने समय छ, तर कीर्तिमानी काम सुरु गर्न सकिनेछ । धेरैले साथ दिनेछन् । अप्रत्यासित रुपमा धनलाभ हुने योग छ । व्यापार तथा उद्योगमा विशेष फाइदा होला । शुभ समाचार प्राप्त हुनेछ । यात्रागत कार्य पनि सफल बन्नेछ । आफन्तको साथ मिल्ने दिन छ ।

तुला – विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । समय र नियमलाई बेवास्ता नगर्नु हितकर हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । प्रेमको गाँठो समेत कसिने योग छ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुन सक्छ । आफ्नै कमजोरीले अवसर गुम्ने सम्भावना छ । तथापि, बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउन सक्छ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूसँग भेटघाट हुने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने अभीष्ट जाग्ला । काम बिग्रने भयले सताउन सक्छ, धैर्य राखेर अघिबढ्नु हितकर होला । उत्तरार्धबाट शुभता बढ्नेछ ।

मकर – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्याङ्कन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ, तर सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति पनि आउला । इर्ष्या गर्नेहरूले फसाउन सक्छन् । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्ला । सुख विलास पनि बढ्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार