असार २४, २०८२ मंगलबार July 8, 2025

चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल

भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्त्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।

भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारीसँग शनिबार भएको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरुप प्राप्त बजेटको सदुपयोग गर्न उहाँहरुलाई सुझाव दिनुभएको हो ।

उहाँले भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्त्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव दिनुभयो ।

नेपाल सरकार मन्त्रिपरिषदको केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाको शालिक निर्माण र आवश्यक साहित्य संस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई पाँच करोड रुपियाँ बजेट दिने निर्णय गरेको थियो ।

सो अवसरमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा उहाँप्रति विशेष आभार व्यक्त गर्नुभयो । राष्ट्रपतिबाट प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने उहाँको भनाइ छ ।

सो अवसरमा उद्यान समितिका अध्यक्ष डा. जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिनुभयो । सो अवसरमा सहभागीले संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय सरोकारवाला सक्रियतामा चुँदी रम्घालाई देश विदेशका साहित्य साधक गन्तव्य र साधना केन्द्र बनाउन काम गर्न सुझाव दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार