श्रावण १२, २०८१ शनिबार July 27, 2024

कृष्णपुरका विद्यालयमा गुणस्तरीय शिक्षासँगै मजबुत भौतिक संरचना बन्दै

यसैवर्ष वडा नम्बर ७ मा रहेको कञ्चन मावि शान्तिपुरमा पनि तीन कोठे पक्की भवन निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुलरीया, १४ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई जोड दिनुका साथै मजबुत भौतिक संरचना पनि थप्दै गैरहेको छ। भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या देखिएका नगरका चार विद्यालयमा पछिल्लो डेढ वर्ष यता ३∕३ कोठे पक्की भवन निर्माण भएका हुन्।

आइतबार वडा नम्बर ९ पिपरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा ३ कोठे पक्की भवनको नगरप्रमुख हेमराज ओझाले शिलान्यास गरेका छन्। सरस्वती आधारभुत विद्यालयमा भवन अभावले पठनपाठनमा कठिनाइ हुन थालेपछि बिल्ड अन नेपाल, कृष्णपुर नगरपालिका र सरस्वती आधारभूत विद्यालयको त्रिपक्षीय संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको नगरप्रमुख ओझाले बताए।

नगरप्रमुख ओझाले यसैवर्ष वडा नम्बर ७ मा रहेको कञ्चन मावि शान्तिपुरमा पनि तीन कोठे पक्की भवन निर्माण हुने बताए।

आफू निर्वाचित भएपछि नगरका सबै विद्यालयको स्थलगत अनुगमन गर्दा धेरै विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या देखिएकाले बिल्ड अन नेपालको टिमसँग समन्वय गरेरे नगरपालिकाले पनि केही रकम छुट्याएर संयुक्त साझेदारीमा विद्यालय भवन भवन निर्माण भइरहेको उनले जानकारी दिए।

अघिल्लो आर्थिक वर्षमा वडा नम्बर १ कुमगडामा रहेको सिद्धेश्वरी आधारभूत विद्यालय, वडा नम्बर २ वाणीमा रहेको सिद्धनाथ बालज्योति आधारभूत विद्यालय, वडा नम्बर ५ मा रहेको सयपत्री आधारभूत विद्यालय र वडा नम्बर ८ मा रहेको नवज्योती आधारभूत विद्यालयमा ३∕३ कोठे पक्की भवन बनेका हुन्। ती विद्यालयमा भवनसँगै २∕२ कोठे पक्की शौचालय पनि निर्माण भएका छन्।

अहिलेलाई केही विद्यालयमा मात्रै पक्की भवन निर्माण भए पनि आवश्यकताका आधारमा नगरका अरु विद्यालयमा पनि भौतिक संरचना थप्ने योजना रहेको नगरप्रमुख ओझाले बताए। हाल कृष्णपुरमा १३ माध्यामिक र २० आधारभूत गरी जम्मा ३३ वटा सामुदायिक विद्यालय सञ्चलनमा रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार