असार २७, २०८२ शुक्रबार July 11, 2025

पर्सामा तीन स्वास्थ्यकर्मीसहित दशजनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पर्सामा सोमबार दशजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा तीनजना स्वास्थ्यकर्मीसहित दशजनामा कोरोना पुष्टि भएको हो ।

पर्साको विन्ध्यवासिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नौ र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा एकजनामा कोरोना संक्रमण पु्ष्टि भएको नारायणी अस्पतालका मेकिडल सुपरिडेन्टेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन ।

विन्ध्यवासिनी गाउँपालिकाको क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका नौमध्ये तीनजना स्वास्थ्यकर्मी रहेको उनले जानकारी दिएका छन ।

बाँकी ६ जना भने भारतबाट गाउँ फर्किएर क्वारेन्टाइनमा बसेकाहरू रहेको उपाध्यायले बताएका छन ।

जसमा २६ देखि ५६ वर्ष उमेर समूहका एक महिला र नौ पुरुष रहेका छन् ।

गत २६ जेठमा उनीहरूसहित अन्य क्वारेन्टाइनमा रहेकाहरूको पिसिआर परीक्षणका लागि स्वाब लिइएको थियो ।

योसँगै पर्सामा कोरोना संक्रमितको संख्या एक सय ५३ पुगेको छ ।

यसअघि आइतबार पनि पर्सामा पाँचजना स्वास्थ्यकर्मी, एक एम्बुलेन्सचालकसहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार