कार्तिक २८, २०८३ शनिबार November 14, 2026

बुद्धको अस्थिधातु समाधिस्थल लिजमा दिने निर्णयमाथि लेखा समितिले थाल्यो छानबिन

सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन कोष र पर्यटन मन्त्रालयलाई पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः बुद्धको अस्थिधातु समाधिस्थल बिनाप्रतिस्पर्धा लिजमा दिने लुम्बिनी विकास कोषको निर्णयमाथि प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति छानबिन थालेको छ । समितिले पर्यटन मन्त्रालय र कोषलाई यो विषयसम्बन्धी सम्पूर्ण कागजातहरु ७ दिनभित्र उपलब्ध गराउन मंगलबार पत्र पठाएको छ ।

समितिका सभापित ऋषिकेश पोखरेलका अनुसार सम्पूर्ण कागजात आएपछि त्यसमा समितिले विस्तृत छानबिन अघि बढाउने जानकारी दिए ।

समितिले अर्थमन्त्रालय, पर्यटन मन्त्रालय र पुरातत्व विभागको लिखित असहमति हुँदाहुँदै किन लिजमा दिने सहमति गरिएको हो भन्नेबारे मुख्य चासो राखेर पत्राचार गरेको छ । पुरातात्विक महत्त्वको क्षेत्रमा उत्खनन् र निर्माण गर्दा त्यसले पार्ने अनुसार, बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग काम गर्ने समझदारी लगायतका विषयमा संसदीय समितिले चासो राखेको छ ।

लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको समाचार सोमबार कान्तिपुरमा प्रकाशित भएको थियो । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी कोषले समझदारी गरेको छ । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच कोषका उपाध्यक्ष ल्हारक्याल लामाले प्रक्रिया अघि बढाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
२०८३ कार्तिक २८, शनिबार
एनपीएल प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो, विराटनगर समूह चरणबाटै बाहिरियो
२०८३ कार्तिक २८, शनिबार
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्याउने तयारी
२०८३ कार्तिक २८, शनिबार
तिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक, कार्तिक शुक्ल पक्षभरि मेला
२०८३ कार्तिक २८, शनिबार
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
२०८३ कार्तिक २८, शनिबार
व्यक्तिगत पदभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो छ : पूर्वप्रधानमन्त्री देउवा
२०८३ कार्तिक २८, शनिबार
रौतहटमा छठको तयारी तीव्र, घाटदेखि बजारसम्म बढ्यो चहलपहल
२०८३ कार्तिक २८, शनिबार