असार २३, २०८२ सोमबार July 7, 2025

क्वारेन्टिनबाटै विवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिएका छन ।

‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विवाह भयो ।’

क्वारेन्टिन नजिक वर, पिपलको रुखमुनि वैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेका छन् । ‘एक हप्तासम्म अलग अलग बस्न भनिएको छ’ उनले भने, ‘क्वारेन्टिनमा बसेका मध्य चारजनाको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरुलाई एम्बुलेन्स मार्फत आइसोलेशनमा लगियो भने, रिपोर्ट नेगेटिभ आएको जोडी विवाह गरेर घर जानु भयो ।’

विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार