फागुण १४, २०८० सोमबार February 26, 2024

हेटौंडाको वनदेवी मन्दिर उद्घाटन हुँदै

समाजसेवी मुरलिधर रुङ्गटाबाट नवनिर्मित मन्दिरको उद्घाटन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा, २५ माघ । हेटौंडा ७ स्थित नागस्वतीमा रहेको वनदेवी मन्दिरको आज माघ २७ गते शनिबार उद्घाटन गरिने भएको छ। कृष्ण कडेल नेतृत्वको ईन्द्रेणी कार्यक्रम समूहको प्रस्तुतीसहित उद्घाटन कार्यक्रम हुनेछ।

श्री वनदेवी तथा राघा कृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष राजिप प्रसाद ढकालले समाजसेवी मुरलिधर रुङ्गटाबाट नवनिर्मित मन्दिरको उद्घाटन गरिने जानकारी दिए।

७ नम्बर वडा कार्यालय नजिकै रहेको मन्दिर करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ। हालसम्म सम्पूर्ण लागत स्थानीय दलबहादुर खड्काले बेहोर्दै आएका छन्।

मन्दिर कलात्मक शैलीमा निर्माण गरिएको छ र अझै व्यवस्थित रुपमा सञ्चालन गर्न कम्तिमा पनि २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने समितिले लक्ष्य लिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्द्रेणीका सञ्चाल कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा
२०८० फागुण १४, सोमबार
संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो
२०८० फागुण १४, सोमबार
इजरायली सेनाद्वारा गाजाका सर्वसाधारणलाई ‘उद्धार गर्ने’ योजना प्रस्ताव
२०८० फागुण १४, सोमबार
यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यामा २५ लाख नाघ्न सक्ने
२०८० फागुण १४, सोमबार
मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको गृहमन्त्रीको दाबी
२०८० फागुण १४, सोमबार
राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
२०८० फागुण १४, सोमबार
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
२०८० फागुण १४, सोमबार