काठमाठौं । पछिल्लो २४ घन्टामा देशभरि थप तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसमेत नेपालमा संक्रमितको संंख्या ६ हजार पाँच सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित एक सय १७ जना निको भई डिस्चार्ज भएको बताएका छन । डिस्चार्ज भएकामध्ये एक सय नौजना पुरुष र आठ महिला छन् ।
हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ५८ पुगेको गौतमले जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया