असार २७, २०८२ शुक्रबार July 11, 2025

प्यूठानमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  प्यूठानका विभिन्न ठाउँमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा बुधबार बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिएका छन् ।

सुवेदीका अनुसार, नयाँ थपिएका संक्रमितहरुमा माण्डवी गाउँपालिकाका ९ जना, नौबहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना र स्वर्गद्धारी नगरपालिकाका २ जना रहेका छन ।

संक्रमित सबै पुरुष हुन् । उनीहरु २१ देखि ४२ वर्ष उमेर समूहका रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया