कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

मकरलाई आज आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष – रचनात्मक कार्य प्रारम्भ गर्न सकिने दिन छ भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी पनि राम्रै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । पराक्रम र धनबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आशा उत्साह बढ्नेछ । समग्रमा दिन शुभदायी छ ।

वृष – कामका लागि खर्च बढे पनि दिगो फाइदा हुने कर्म प्राप्त हुने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने छ, जसले उपलब्धि दिलाउने छ । जीवनशैलीमा परिवर्तन आउने योग छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ, सचेत रहनुहोला । प्रेमभाव वृद्धि र मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

मिथुन– आजको दिन परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयास गर्दा फलदायी यात्राको अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने समय छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सचेत रहनु हितकर होल । बिर्सिएका समस्या दोहोरिन सक्छन् । खर्च वृद्धिको योग छ । मुख्य काममा बाधा हुँदा खिन्नता छाउला । तथापि, रचनात्मकता बढ्नेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आउने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । विभिन्न सहयोग र उपहार पाइने योग छ । आयआर्जन पनि राम्रै होला । मिठो भोजन प्राप्त हुनेछ । कसैको भर नपरी आफ्नै बलविवेकले काम राम्रो होला ।

सिंह – दिन शुभदायी छ । बोलीको भरमा काम सम्पादन हुने समय छ । तपाईंको विचारले धेरैलाई आकर्षण गर्न सकिएला । मान-सम्मान बढ्नेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या – आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा खास समय दिन नसकिएला । आज धनमाल हराउने सम्भावना रहेकोले सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रहेको अनुभूति होला । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – विछोडिएका परिवारजनसँग भेटघाट हुने र विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइएला । धनआर्जन होला । स्वास्थ्य भने केही कमजोर रहला । कर्मबल वृद्धि र रसरागमा आकर्षण रहला ।

वृश्चिक – आजको दिन त्यत्ति उत्साहजनक नरहला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । मान महत्व वृद्धि हुने योग छ । समयले साथ दिनेछ ।

धनु – कामले सबैको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्यजस्ता क्षेत्रमा रुचि रहला । प्रशंसकहरू बढ्नेछन्, काममा सहयोगीहरूले साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुने योग छ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – गरेका कामबाट राम्रै लाभ हुने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यवसायबाट सन्तोषजनक लाभ मिल्ने समय छ । सामाजिक कामको दायित्व बढ्ला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । तर, अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। सचेत रहनुहोला । विशेष योजना गोप्य राख्नु हितकर हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । बाध्यताले अनावश्यक अलमल बढाए पनि लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मित्रजनको साथ मिल्नेछ ।

मीन – रोकिएका काम सम्पादन हुने समय भएपनि महत्व दिइएको काम रोकिन सक्छ । आजको दिन पठन-पाठन कार्यमा भने प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी ध्यान दिनु हितकर हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया