काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२४ पुगेको छ । बिहीबार एकै दिन ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान दुईपटक सूचना जारी गरेर ४२ र ३० गरी थप ७२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
पछिल्लो पटक जारी गरिएको सूचनामा स्याङ्जाको आँधिखोला गाउँपाकिला र कालिगण्डकी गाउँपालिकाका ९ जना, पर्वतको कुश्मा नगरपालिका, फलेबास नगरपालिका र जलजला गाउँपालिकाका चारजना, तनहुँको व्यास नगरपालिकाका तीनजना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका १३ जना तथा बाग्लुङको गल्कोट नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
यसअघि बिहीबार नै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नरपालिका र गैँडाकोट नगरपालिकाका १८ जना, तनहुँको ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाका १२, मनाङको चामे गाउँपालिकामा कार्यरत कर्मचारी एकजना तथा गोरखाको पालुङटार नगरपालिका र शहीर लखन गाउँँपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको थियो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया